images
images
  • गगनविरुद्धको मुद्दाको सुनुवाइ सकियो

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाविरुद्धको मुद्दामा प्रारम्भिक सुनुवाइ सकिएको छ ।

    सर्वोच्च अदालतमा दायर भएको अदालतको अवहेलनासबन्धी मुद्दामा न्यायाधीशद्वय सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेको इजलासमा मुद्दामा प्रारम्भिक सुनुवाइ सकाएका हुन् ।

    अधिवक्ता अनन्तराज लुइँटेल, अभिमा उप्रेती र विशाल थापाले दिएको निवेदनका आधारमा आजका लागि पेशी तोकिएको थियो ।

    गत आइतबार सर्वोच्च प्रशासनले महामन्त्री थापाविरूद्धको मुद्दा दर्ता गरेको हो ।

    गत वैशाख ११ गते लोकतन्त्र दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा थापाले संवैधानिक आयोगका पदाधिकारीलाई अदालतको कार्यशैलीमाथि प्रश्न उठाएका थिए ।

    ‘अहिले सम्मानित अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतको विषयहरूलाई दुई–तीन वर्षदेखि तँलाई हान्दिऊँ, हान्दिउँ भनेर झुलाएर राखेको छ । कहिले हेर्दाहेर्दै भन्छ, कहिले भ्याइनभ्याइ भन्छ, कहिले भोलि हेर्ने भन्छ । त्यसले अदालतको विश्वसनीयतामाथि प्रश्न गराउँछ,’ उनले गत बैशाख ११ गते दिएको अभिव्यक्तिलाइ लिएर अधिवक्ता लुइँटेलले सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images