काठमाडौं । सत्तासाझेदार दल नेकपा (एमाले)ले विपक्षी माओवादी केन्द्रलाई शिक्षक आन्दोलन चर्काएर सरकार ढाल्ने अस्त्र बनाएको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको जारी बैठकको शून्य समयमा एमालेको तर्फबाट बोल्दै सांसद ठाकुर गैरेले शिक्षकजस्ता बौद्धिक व्यक्तिहरूले गरिरहेको सामुदायिक र पेसागत संवेदनशील आन्दोलनलाई माओवादी केन्द्रले सरकार ढाल्ने अस्त्र बनाएको आरोप लगाएको हो ।
उनले भने, ‘शिक्षकहरूले गरिरहेको सामुदायिक र पेसागत संवेदनशील आन्दोलनलाई अस्त्र बनाइएको छ । आन्दोलनलाई सत्ता ढाल्ने, सरकार ढाल्ने र त्यसैको जगबाट आफू प्रधानमन्त्री बन्ने असफल प्रयत्न गर्ने विषय बन्द हुनुपर्छ ।’
प्रतिक्रिया दिनुहोस्























