images
images
  • संसद्‌मा सांसदको आरोप– सरकार शिक्षकको मागप्रति गैरजिम्मेवार, विपक्षीद्वारा संसद् अवरुद्ध

    काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा जारी बैठकमा शिक्षकका मागप्रति सरकारलाई सांसदहरूले गम्भीर बन्न माग गरेका छन् ।

    बिहान ११ः०० बजेदेखि जारी उक्त सभाको बैठकको आरम्भमा विपक्षी दलका सांसदले विरोध जनाएका थिए ।

    विपक्षी विरोधपछि सभामुख देवराज घिमिरेले नेकपा (माओवादी केन्द्र)का प्रमुख सचेतक हितराज पाण्डेलाई बोल्न समय दिएका थिए ।

    शिक्षकको लामो समयदेखि सडक आन्दोलनमा रहेकामा उनीहरूका जायज माग सम्बोधनका लागि पहल गर्न सोमबार पाण्डे प्रस्तावक रहेकोले जरुरी सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता भएको थियो ।

    उक्त प्रस्तावमाथि आजै संसदमा छलफल चलाउन र समस्याको समाधान खोज्न पाण्डेले सभामुखमार्फत ‘रुलिङ’ माग गरे ।

    नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले आन्दोलनरत शिक्षकका जायज माग सम्बोधन गर्नका लागि सरकार गम्भीर रहेको दाबी गरे ।

    शिक्षकसँग तत्काल वार्ता गरी समस्याको समाधान गर्न र वार्ताबाटै विषय टुंग्याउन आवश्यक रहेको उनले बताए ।

    सांसद प्रेम आलेले पोखरा र भैरहवा विमानस्थलमा भएको आर्थिक हिनामिनाको निष्पक्ष छानबिनको माग गरे ।

    सांसद शोभा ज्ञवालीले देशका विभिन्न भागमा जंगली जनावरको आक्रमण बढेकामा चिन्ता व्यक्त गर्दै समस्याको समाधानका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराए ।

    अर्का सांसद ज्ञानबहादुर शाहीले आन्दोलनरत शिक्षकका समस्या समाधानका लागि गम्भीर हुन सरकारलाई आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images