images
images
  • पहलगाम घटना : भारत–पाकिस्तान युद्ध उन्मुख, काश्मीरमा गोर्खा सैनिक तैनाथ गर्दै प्रम मोदी

    आणविक–शक्ति सम्पन्न प्रतिद्वन्द्वीहरूबीचको सम्बन्ध वर्षौँदेखिको सबैभन्दा निम्न स्तरमा झरेको बेला पाकिस्तान र भारतका सेनाहरूले विवादित काश्मीरमा लगातार तेस्रो रातसम्म गोली हानाहान गरेको अधिकारीहरूले आइतबार बताएका छन् ।

    भारतले पाकिस्तानमाथि विवादित मुस्लिम बहुल काश्मीरमा एक चौथाइ शताब्दीदेखि नागरिकहरूमाथि भएको सबैभन्दा खराब आक्रमण गर्ने बन्दुकधारीहरूलाई ‘सीमापार आतंकवाद’ समर्थन गरेको आरोप लगाएको छ ।

    इस्लामाबादले कुनै पनि संलग्नतालाई अस्वीकार गरेको छ र पाकिस्तानलाई आक्रमणसँग जोड्ने प्रयासहरूलाई ‘तुच्छ’ भन्दै कुनै पनि भारतीय कार्यवाहीको जवाफ दिने प्रतिज्ञा गरेको छ ।

    भारतीय सुरक्षा बलहरूले अप्रिल २२ मा पहलगाममा पर्यटकीय स्थलमा २६ पुरुषको हत्या गर्नेहरूको ठूलो खोजी अभियान सुरु गरेका छन् र प्रहरीले फरार बन्दुकधारीहरू मध्ये दुई पाकिस्तानी नागरिकको नाम दिएको छ ।

    भारतीय सेनाले आइतबार दुई देशलाई विभाजन गर्ने नियन्त्रण रेखा (एलओसी)मा ‘पाकिस्तानद्वारा सुरू गरिएको’ साना हतियारहरूको ‘अनावश्यक’ गोली हानाहान भएको जनाएको छ ।

    ‘आफ्नै सैनिकहरूले उपयुक्त साना हतियारहरूको गोलीबारीसहित प्रभावकारी ढङ्गले जवाफ दिए,’ भारतीय सेनाले भनेको छ ।

    पाकिस्तानले अहिलेसम्म पछिल्लो गोलीबारीको पुष्टि गरेको छैन । आक्रमणपछि नयाँदिल्लीले पानी बाँडफाँट सन्धि स्थगित गरेको छ, पाकिस्तानसँगको मुख्य भूमि सीमा क्रसिङ बन्द गर्ने घोषणा गरेको छ, कूटनीतिक सम्बन्ध कम गरेको छ र पाकिस्तानीहरूका लागि भिसा फिर्ता लिएको छ ।

    जवाफमा इस्लामाबादले भारतीय कूटनीतिज्ञ र सैन्य सल्लाहकारहरूलाई निष्कासन गर्न आदेश दिएको छ, सिख तीर्थयात्रीहरू बाहेक भारतीय नागरिकहरूका लागि भिसा रद्द गरेको छ र आफ्नो तर्फबाट मुख्य सीमा क्रसिङ बन्द गरेको छ ।

    संयुक्त राष्ट्रसंघले कट्टर प्रतिद्वन्द्वी भारत र पाकिस्तानलाई ‘अधिकतम संयम’ देखाउन आग्रह गरेको छ ताकि मुद्दाहरू ‘अर्थपूर्ण आपसी संलग्नताको माध्यमबाट शान्तिपूर्ण रूपमा समाधान गर्न सकियोस् ।’

    यदि यसो नगरिए काश्मीरमा तुरुन्तै गोर्खा सैनिक तैनाथ गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको तयारी छ । –रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images