images
images
  • मन्त्रिपरिषद्को बैठक आह्वान, गभर्नर नियुक्तिबारे छलफल हुने

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक आह्वान गरिएको छ ।

    आज (सोमबार) बेलुका ५ बजे उक्त परिषद्को बैठक आह्वान गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जानकारी दिएको छ ।

    उक्त कार्यालयका अनुसार बैठकमा गभर्नर नियुक्तिबारे छलफल हुने एक मन्त्रीले बताए । झन्डै डेढ महिना पहिलेदेखि सरकारले गभर्नर नियुक्ति गर्न सकेको छैन ।

    गुणाकर भट्टलाई गभर्नर बनाउने सहमति सत्तारूढ कांग्रेस र एमाले लगायतका दलहरूले गरेका छन् ।

    तर, हालसम्म पनि सिफारिस समितिले गभर्नर सिफारिसका लागि नाम अनुमोदन गर्न सकेको छैन ।

    यसबारे शनिबार प्रधानमन्त्री केपी शर्मा ओली र सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images