images
images
  • देउवा र ओली भेटको सन्देश– सत्ताको गतिरोध अन्त्य, एकअर्कामा अविश्वास कायमै

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।

    बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटवार्तामा सत्ता सहकार्यलाई अझ प्रभावकारी र सुदृढ गर्ने विषयमा छलफल भएको उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए ।

    नेताहरूले सरकार परिवर्तनका बारेमा चलाइएका हल्ला गलत र निराधार भएको बताएको उनले जानकारी दिए ।

    गत आइतबार देउवा थाइल्याण्डको साताव्यापी भ्रमण सक्काएर शुक्रबार स्वदेश फर्किका थिए । उनी स्वदेश फर्किएसँगै सत्ता फेरबदलको चर्चा साम्य भएको छ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँगको संक्षिप्त संवादमा देउवाले ‘सत्ताको समीकरण फेरबदल हुँदैन’ भनेका थिए । त्यसको भोलिप्पल्ट अर्थात् शनिबार बेलुका ओली–देउवाबीच भेटवार्ता भएको छ ।

    उक्त भेटलाई लिएर राजनीतिक विश्लेषकहरूले केही समययता प्रधानमन्त्रीकै कारण देखिएको सत्ताको गतिरोध अन्त्य भएको छ भने दुवै शीर्ष नेताबीचको अविश्वास कायमै रहेको विश्लेषण गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images