images
images
  • प्रधानमन्त्री ओली एमाले सांसद र नेता–कार्यकर्तालाई उक्साउँदै, विपक्षीसँग भिड्न निर्देशन

    काठमाडौं । नेकपा (एमाले) संसदीय दलको शनिबार बसेको बैठकले चारबुँदे निष्कर्ष निकालेको छ ।

    बानेश्वरस्थित संसद् भवनमा बसेको बैठकले संसदीय काम र जिम्मेवारीलाई प्राथमिकतामा राखेर कुशलता र सक्रियताका साथ कार्यसम्पादन गर्न संसदीय दलको नेता तथा प्रधानमन्त्रीबाट सम्पूर्ण सदस्यलाई निर्देशन गर्ने निष्कर्ष निकालेको छ ।

    मुलुकको राष्ट्रियता, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रिय एकता, सामाजिक सद्भाव र सहिष्णुताप्रति सदैव चनाखो रहँदै जनसरोकार र राष्ट्रिय महत्त्वका नीति, योजना र विषयलाई संसद्मार्फत सशक्त ढंगले उठान गर्ने बैठकले निष्कर्ष निकालेको पार्टी मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।

    उनका अनुसार बैठकले संसद्मा छलफलमा रहेको विद्यालय शिक्षा विधेयक, संघीय निजामती विधेयकलगायत र अन्य विचाराधीन विधेयकलाई गुणस्तरीय कानुन बनाउने गरी यथाशीघ्र निष्कर्षमा पुर्याउन एमाले संसदीय दल र सदस्यहरूले प्रभावकारी पहलकदमी लिने निष्कर्ष निकालेको हो ।

    मुख्य सचेतक बर्तौलाले भने, संसद्मा हुन सक्ने संसदीय मूल्य मान्यता, संस्कृति र नियमावली विपरीत हुने क्रियाकलापको विपक्षमा सदैव उभिँदै संसद्लाई स्वच्छ, मर्यादित र सिर्जनशील तथा रचनात्मक बहसको थलोका रूपमा स्थापित गर्दै अगाडि बढाउन जीवन्त भूमिका निर्वाह गर्ने निर्णय गरेको छ ।

    यसका साथै प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष एवं पार्टी संसदीय दलका नेता केपी शर्मा ओलीले संसद्मा आफ्ना सांसद र सडक वा अन्य क्षेत्रमा सरकारविरुद्ध उत्रिनेमाथि प्रतिवाद गर्न निर्देशन दिएको एक सांसदले जानकारी दिए । –रासस

    प्रतिक्रिया दिनुहोस्
    images
    images