images
images
  • नेपाल राष्ट्र बैंकको १८औँ गभर्नर बन्ने भए डा.गुणाकर भट्ट (घटनाक्रमसहित )

    काठमाडौं–नेपाल राष्ट्र बैंकको १८औं गभर्नरको रुपमा कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई नियुक्त गर्ने विषयमा सत्तारूढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच सहमति जुटेको छ। लामो रस्साकस्सीपछि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच एकान्त वार्तामा भट्टको नाममा सहमति बनेको हो।

    प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि दुबै नेताबीच गहन छलफल भएको थियो। उक्त छलफलमा देउवाले गुणाकर भट्टको नाम प्रस्ताव गरेका थिए भने प्रधानमन्त्री ओलीले त्यसमा स्वीकृति जनाएका थिए।

    लामो रस्साकस्सीपछि सत्ता गठबन्धनका प्रमुख दल नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकको गभर्नरको नाममा सहमति गरेका छन्।
    नेपाल राष्ट्र बैंकको गभर्नर डा. भट्टलाई बनाउन सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमति जुटेको हो । हाल नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशक रहेका भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्।
    गभर्नर बन्ने दौडमा रहेका अन्य पाँच जनालाई पछि पार्दै कांग्रेस सभापति देउवाको प्रस्तावमा भट्टले बाजी मार्ने निश्चित भएको हो।

    बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकअघि प्रधानमन्त्री ओली र सभापति देउवाबीचको छलफलमा भट्टलाई गभर्नर बनाउने सहमति जुटेको देउवानिकट कांग्रेसका एक नेताले जानकारी दिए।kp oli 1
    ‘आज हाम्रो सभापतिले प्रधानमन्त्रीसमक्ष नयाँ गभर्नरका लागि नाम प्रस्ताव गर्नुभयो। गुणाकर भट्टको नाममा प्रधानमन्त्री पनि सहमत हुनुभएको छ,’ ती नेताले भने। कांग्रेस सभापति देउवाका स्वकीय सचिव भानु देउवाले पनि सो कुरा पुष्टि गरे। ’गुणाकर भट्टको नाममा कुरा भयो, प्रधानमन्त्री ओलीले ठिकै छ भनेर पोजिटिभ जवाफ दिनु भएको छ,’ उनले भने ।

    यद्यपि, भट्टसहित तीन जनाको नाम अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मन्त्रिपरिषद्मा पेस गरेपछि गभर्नर नियुक्तिको औपचारिक निर्णय हुनेछ।समितिका सदस्य डा विश्व पौडेल भारत भ्रमणमा छन् र उनी शनिबार मात्रै स्वदेश फर्कने कार्यक्रम छ। त्यसैले सम्भवतः सोमबार मन्त्रिपरिषद्को बैठकमा अर्थमन्त्रीले गभर्नरका लागि तीन जनाको नाम प्रस्ताव गर्नेछन्। र, सोही बैठकले भट्टलाई नियुक्त गर्नेछ। गभर्नर बन्ने पक्का भएपछि भट्टले मन्त्रिपरिषदमा नाम जानुअघि राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा गर्न सक्नेछन्।

    कांग्रेस सभापति देउवा उपचारको क्रममा आइतबार सिंगापुर जाने कार्यक्रम छ। सिंगापुर जानुअघि देउवा गभर्नरको नाम टुङ्ग्याउन चाहन्थे। सोही अनुसार बुधबार सहमति जुटेको कांग्रेसका ती नेताले बताए।
    सञ्चारमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरूङले बुधबार दिउँसो गभर्नरमा सहमति जुटेको र छिट्टै बस्ने मन्त्रिपरिषद् बैठकले गभर्नर नियुक्त गर्ने बताएका थिए।

    बजारमा सरकार ढल्ने हल्ला चलेपछि मंगलबार बिहान ओली र देउवाबीच बालुवाटारमा वान टु वा वार्ता भएको थियो। देउवानिकट अर्का एक नेताका अनुसार, सभापति देउवाले सोही भेटमा ओलीसमक्ष गभर्नरको नाम प्रस्ताव गरेका थिए। प्रधानमन्त्री ओलीले हाल कायममुकायम गभर्नरको भूमिकामा रहेकी डेपुटी गभर्नर नीलम ढुंगानालाई नै गभर्नर बनाउन जोडबल गरेका थिए। नेताहरूका अनुसार, ओलीले ‘नीलम ढुंगाना पनि तपाईँहरूकै (डेमोक्र्याट) हो, महिला र डेपुटी गभर्नर पनि भएकाले विवाद पनि हुँदैन’ भनेर आश्वस्त पार्ने प्रयास गरेका थिए। तर, देउवा त्यसमा तयार भएनन्।

    ‘त्यसपछि प्रधानमन्त्री ओलीले नाम दिनुहोस् न त भन्दै लचक बन्नुभयो,’ ती नेताले थपे, ‘अनि हाम्रो सभापतिले गुणाकर भट्टको नाम प्रस्ताव गर्नुभएको हो।’ यसअघि पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्री, नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर बसेका ज्ञानेन्द्र ढुंगाना र राष्ट्र बैंककै सञ्चालक समिति सदस्य रवीन्द्र पाण्डे पनि कांग्रेस नेतृत्वको साथ पाएर गभर्नर बन्ने प्रयासमा थिए।

    क्षत्री र पाण्डे सर्वोच्च अदालतको आदेशका कारण प्रतिस्पर्धाबाट बाहिर परिसकेका छन्। सर्वोच्चले मंगलबार मात्र ६५ वर्षे उमेर हदको व्यवस्था हटाउने गरी मापदण्डमा सरकारले गरेको संशोधन तत्काल कार्यान्वयन नगर्न अल्पकालीन आदेश जारी गरेको थियो। भट्टले यसअघि प्रकाशशरण महत अर्थमन्त्री छँदा आर्थिक सल्लाहकारका रूपमा काम गरेका थिए। उनलाई गभर्नर बनाउनुपर्ने भन्दै सुदूरपश्चिमका कांग्रेस जिल्ला सभापतिहरूदेखि सांसदहरूका टोली धेरैपटक ’यत्तिको मान्छेलाई गभर्नर बनाउनैपर्ने’ भन्दै बूढानीलकण्ठ पुगेका थिए।

    राष्ट्र बैंकका क्याडर भट्ट गभर्नरका लागि आएका नामहरूमध्ये स्वच्छ र सक्षम मानिन्छन्। र, अहिले आफ्नो मान्छे गभर्नर बनाउन बिचौलियाहरूको चलखेल चुलिएका बेला भट्ट त्यसबाट टाढै रहेका व्यक्ति हुन्।

    Oli Deuwa e1744804284207ओलीको प्रस्ताव, देउवाको अडान र भट्टको अगाडि बढाइ
    गभर्नर चयनको प्रक्रियामा प्रधानमन्त्री ओलीले हाल कायममुकायम गभर्नरको भूमिका निर्वाह गरिरहेकी डेपुटी गभर्नर नीलम ढुंगानालाई अघि सार्न चाहेका थिए।
    ओलीले “महिला हुनुका साथै डेपुटी गभर्नरको अनुभव भएकाले विवाद नहुने“ दाबी गर्दै ढुंगानाको पक्षमा जोड दिएका थिए। तर देउवा ढुंगानालाई स्वीकार्न तयार भएनन्। त्यसपछि ओली लचिलो बनेर “तपाईंको प्रस्ताव पनि सुन्छु“ भन्दै देउवाबाट गुणाकर भट्टको नाम स्वीकृत गरेका थिए।

    कसरी भट्ट अगाडि आए?
    गभर्नर बन्ने दौडमा विभिन्न चर्चित नाम पूर्वमुख्यसचिव राजेन्द्रकिशोर क्षत्री, नबिल बैंकका तत्कालिन प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना, राष्ट्र बैंक सञ्चालक सदस्य रवीन्द्र पाण्डे, डेपुटी गभर्नर नीलम ढुंगाना र कार्यकारी निर्देशक डा. गुणाकर भट्ट मैदानमा थिए । तर सर्वोच्च अदालतले ६५ वर्षे उमेरहद मेट्ने सरकारको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएपछि क्षत्री र पाण्डे दौडबाट बाहिरिए। ज्ञानेन्द्र ढुंगानाप्रति शंका रहेकाले र नीलम ढुंगानालाई देउवाले अस्वीकार गरेपछि गुणाकर भट्ट साझा नाम बने । डा. भट्ट राष्ट्र बैंकभित्रबाट बढुवा हुँदै आएका र बिचौलिया गुटबाट टाढा रहेका टेक्नोक्र्याटिक पात्र हुन्। उनी स्वच्छ छवि, संस्थागत अनुभव र राजनीतिक ‘खेल’ बाहिरका उम्मेदवार मानिन्छन्।

    dr gunakar bhataगुणाकर भट्टको पृष्ठभूमि
    डा. भट्टले अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। उनी पूर्वअर्थमन्त्री प्रकाशशरण महतको कार्यकालमा आर्थिक सल्लाहकारका रुपमा काम गरेका थिए। सुदूरपश्चिमका कांग्रेस सांसदहरू र जिल्ला सभापतिहरूले उनलाई ‘स्वच्छ छविका सक्षम’ उम्मेदवार भन्दै बारम्बार देउवालाई सिफारिस गर्दै आएका थिए। राष्ट्र बैंकभित्रको प्राविधिक क्षमता, नेतृत्व अनुभव र नीतिगत दृष्टिकोणका कारण भट्ट अन्य प्रतिस्पर्धीभन्दा अघि देखिएका हुन्।

    औपचारिक प्रक्रिया बाँकी, मन्त्रिपरिषदबाट निर्णय हुँदै
    यद्यपि, औपचारिक रूपमा गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले तीन नाम मन्त्रिपरिषदमा पेश गर्नुपर्नेछ। समितिका सदस्य डा. विश्व पौडेल भारत भ्रमणमा रहेकाले सम्भवतः आइतबार स्वदेश फर्केपछि सोमबार मन्त्रिपरिषद् बैठकमा निर्णय हुनेछ।
    त्यसपछि गुणाकर भट्टलाई गभर्नर नियुक्त गर्ने औपचारिक प्रक्रिया सम्पन्न हुनेछ। गभर्नर बन्नुअघि भट्टले राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट राजीनामा दिनुपर्ने हुन्छ। सो राजीनामा मन्त्रिपरिषदमा नाम पठाउनु अगाडि वा पछि पनि गर्न सकिनेछ।

    देउवाको उपचार यात्रा र राजनीतिक समयतालिका
    सभापति शेरबहादुर देउवा उपचारका लागि आइतबार सिंगापुर प्रस्थान गर्ने कार्यक्रम छ। त्यसअघि नै गभर्नर नियुक्तिको सहमति जुटाउने उनको प्राथमिकता थियो। देउवाले बालुवाटार वार्तामा आफ्नो प्रस्ताव पास गराउन सफल भइ आगामी दिनका लागि सन्तोषजनक रणनीतिक विजय हात पारेका छन्।

    नेपाल राष्ट्र बैंकको गभर्नर अर्थतन्त्र र बैंकिङ क्षेत्रको स्थायित्वका लागि अति महत्वपूर्ण पद हो। गुणाकर भट्ट जस्तो प्राविधिक र स्वच्छ छविको व्यक्तिलाई नियुक्त गर्नु सकारात्मक संकेत हो। तर, सत्तारूढ दलहरूको भागबन्डाको राजनीति बीचमा उनले कति स्वतन्त्र र सक्षम नेतृत्व दिन सक्नेछन् भन्ने प्रश्न भने यथावत छ। आगामी दिनमा भट्टको कार्यदक्षता र नीतिगत निर्भरताले मात्र राष्ट्र बैंकको नयाँ युग प्रारम्भ हुन सक्नेछ ।

    यो पनि हेर्नुहोस् : राष्ट्र बैंकको गर्भनरमा डा.गुणाकर भट्ट नियुक्ति गर्ने देउवा-ओलीविच सहमति !

     

     

    प्रतिक्रिया दिनुहोस्

    images
    images