images
images
  • देश सम्पन्न बनाउन स्वदेशकै स्रोत साधनको सदुपयोग गरौँ: पर्यटन बोर्ड कार्यकारी प्रमुख

    काठमाडौँ-नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख दीपकराज जोशीले युरोप तथा अमेरिकाका बुद्धको अनुयायीहरूलाई नेपालको पर्यटनसँग जोड्नु पर्ने बताएका छन् ।

    बुधवार काठमाडौँमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।उनले विश्वभर ५५ लाखभन्दा बढी बुद्धका अनुयायी भएको बताए । उनले युरोप र अमेरिकामा रहेका बुद्धका अनुयायीहरूले बुद्धिजमलाई विशिष्ट दर्शनका रुपमा ग्रहण गरेकाले ती युरोप र अमेरिका नेपालका लागि मूल्यमा आधारित बजार भएको बताए ।

    उनले बुद्ध धर्मको तीन खण्ड मायाना, हिनायाना र थेरावादामध्ये विश्वका धेरै देशमा एक वा दुई खण्डको अभ्यास हुने तर नेपालमा तीनै खण्डको अभ्यास गर्ने अनुयायी भएकाले नेपालका लागि यो विशिष्ट पहिचान भएको बताए । म्यानमार, श्रीलंकालगायत कतिपय देशको राष्ट्रिय धर्म नै बुद्धिस्ट भएकाले बुद्ध जन्मिएको देश नेपालको विशिष्ट स्थान रहेको उनको भनाइ छ ।

    उनले बुद्धिस्ट सर्किटको बारेमा नेपालका भन्दा पनि भारतका धेरै एजेन्ट्सहरुले प्रचारप्रसार गर्ने गरेको बताए । उनले भने ‘हाम्रो धेरै जसो एजेन्ट्स जसले लुम्बिनीलाई शेयर गर्नुहुन्छ । नेपालको बुद्धिस्ट एट्याक्सनलाई शेयर गर्नुहुन्छ, त्यो चाहिँ इण्डिएन एजेन्ट्सहरुले बढी शेयर गर्नुहुन्छ हाम्रै साइट भएपनि । नेपाली एजेन्टस्हरु चाहिँ एकदम कम, छैन त नभनौँ तर धेरै कम गर्नुहुन्छ । सरसर्ती हेर्दाखेरि पाँच छ वटा कि साइटहरू छन् जहाँ चाहिँ बुद्धिस्ट सर्किट भनेर प्रचार गरिन्छ । बुद्ध जन्मिएको ठाउँबाट नेपाल एज ए बुद्धिस्ट सर्किट हुनुपर्छ र यसको लाभ चाहिँ नेपाली एजेन्टस्हरु र यो रिजनले नै त्यसरी यसलाई बुष्टिङ गर्नुपर्छ भन्ने धारणासहित यो सुरु भएको थियो ।

    WhatsApp Image 2025 04 16 at 16.36.40 e1744810551478आजको दिनमा हाम्रा लिमिटेशन त निश्चित रुपमा छन् तर सम्भाव्यता हेर्याैँ भने करिब करिब साँढे पाँच सय मिलिएन बुद्धिस्ट फलोअर्सहरु छन् संसारमा । चारपाँच वटा देशको त स्टेटकै रिलिजन बुद्धिजम छ । जस्तो क्याम्बोडिया, भूटानको, श्रीलंकाको, म्यानमारको जस्ता कन्ट्रीहरू छन् जसको राष्ट्रिय धर्म नै बुद्धिजम भनेर छ । त्यो बाहेक पछिल्लो दिनमा बुद्धिजम धर्म भन्दा पनि एउटा स्पिरिचुलिजम फिलोसफीका हिसाबले अगाडि पार्छ र यसले गर्दा थुप्रै युरोपियन र अमेरिकन सेगमेन्टहरु बुद्धिजम लाई फलो गर्ने भएका छन्, जुन चाहिँ ट्रेडिश्नली भ्यालु बेस मार्केट भनेर चिनिएको मार्केट हो । त्यसलाई पनि हामीले अट्रयाक्ट गर्नुपर्ने छ । नेपालको विशेषता के रहेछ भने संसारका कतिपय बुद्धिस्ट कन्ट्रीहरूमा कि मायाना, कि हिनायाना कि थेरावादा मध्ये कुनै एउटा वा दुईटा सेगमेन्ट मात्रै मनाउने वा फलो गर्ने हुनुहुन्छ तर नेपालमा तीनवटै सेगमेन्ट फलो गर्ने क्राउड छ यो पनि नेपालको लागि विशिष्ट पहिचान हो । यही उद्देश्यसहित नाटाको एउटा एक्पोर्ट एक्जिविसनमा यो सुरु हुँदैछ ।’

    नेपाल पर्यटन बोर्डका कार्यसमिति सदस्य ऋषिराम भण्डारीले जुन देशमा जस्तो स्रोत साधन छ त्यसैको प्रयोगले आर्थिक रुपमा देश सम्पन्न भएको बताए । उनले सबैभन्दा बढी मरुभूमि रहेका मध्यपूर्वका देशहरू आफ्नै देशको खनिज पदार्थ तेल बेचेर सम्पन्न भएको बताए । नेपालले आर्थिक रुपमा सबल बन्नका लागि यहाँको धर्म, खेलकुद तथा प्रकृतिको सदुपयोग गरी पर्यटन प्रवर्द्धन गर्नुपर्ने उनको भनाइ छ ।

    उनले भने ‘हरेक देश सम्पन्न हुन्छ विकास हुन्छ, प्रवर्द्धन हुन्छ भने त्यो देशमा भएको स्रोत साधन नै प्रयोग गर्ने रहेछ । हामीले बुझेको कुरा के हो भने जस्तै मिडल इस्टहरु सबैभन्दा मरुभूमि भएर पनि किन अगाडि आए भने उनीहरूको खनिज पदार्थ तेलले नै उनीहरु आज सम्पन्न भए । अन्य देशहरूले पनि आफूसँग जे जे स्रोत र साधनहरू छन् तिनै स्रोत र साधन प्रयोग गरेर पर्यटनलाई प्रचार प्रसार र प्रवर्द्धन गरेका छन् र आफू आर्थिक रुपमा अगाडि बढेको छ भने नेपालले पनि कहीँ न कहीँ यहाँको धर्म खेलकुदहरू यहाँका हिमालहरू र यहाँको प्रकृतिले यहाँ जे छ यिनैबाट नै यो देश बन्छ । यो देश सम्पन्न हुन्छ भन्ने हामीलाई लाग्छ ।’

    सीमित बजेट भएपनि पर्यटन प्रवर्द्धनका लागि हुने कार्यक्रमहरूमा सहयोग गर्ने नेपाल पर्यटन बोर्डको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्

    images