images
images
  • प्रचण्डको विकल्पमा छैनन् सातै प्रदेशका माओवादी कमाण्डर

    काठमाडौं– नेकपा (माओवादी केन्द्र)को असोज ९–१० गतेको बैठकले मौजुदा केन्द्रीय समिति भंग गरी मंसिरको अन्त्यमा विशेष महाधिवेशन गर्ने निर्णय गरेको छ ।

    जेन्जी विद्रोहपछि बसेको उक्त बैठकमा अध्यक्ष प्रचण्डमाथि नेतृत्व हस्तान्तरणको दबाब परे पनि उनले विधिबाट नेतृत्व सर्ने प्रतिबद्धता जनाएपछि तत्कालका लागि विवाद थामिएको देखिन्छ ।

    कोशीका हर्क नेम्बाङले रूपान्तरण र हस्तान्तरण दुवै जरुरी भएको बताए भने बागमतीका सरल पौडेलले ‘पहिले विधि र मोडालिटी बनाउने’ पक्षमा जोड दिए ।

    गण्डकीकी गायत्री गुरुङले महाधिवेशनले आवश्यकता अनुसार निर्णय गर्ने बताइन् ।

    लुम्बिनीका सुदर्शन बरालले प्रचण्डले नै नयाँ भूमिकासहित नेतृत्व हस्तान्तरण गर्ने विश्वास व्यक्त गरे ।

    कर्णालीकी विमला केसीले रूपान्तरणपछि मात्र हस्तान्तरण सम्भव हुने बताइन् भने सुदूरपश्चिमका हरिराम चौधरीले अहिले प्रचण्डकै विकल्प नभएको टिप्पणी गरे ।

    प्रतिक्रिया दिनुहोस्

    images