images
images
  • ‘मनी लन्ड्रिङ’ मुद्दा : सोनिया र राहुल गान्धीविरुद्ध आरोपपत्र दायर

    काठमाडौं । नेसनल हेराल्ड पत्रिकासँग सम्बन्धित ‘मनी लन्ड्रिङ’ मुद्दामा भारतीय कांग्रेस नेतृ सोनिया गान्धी र लोकसभामा विपक्षी नेता राहुल गान्धीविरुद्ध प्रवर्तन निर्देशनालय (ईडी)ले आरोपपत्र दायर गरेको छ।

    समाचार एजेन्सी पीटीआईका अनुसार यस विषयमा अनुसन्धान गरेपछि ईडीले यी दुई वरिष्ठ कांग्रेस नेताहरू विरुद्ध आरोपपत्र दायर गरेको छ। विशेष न्यायाधीश विशाल गोग्नेले ९ अप्रिलमा दायर गरिएको आरोपपत्रमाथि मुद्दाको सुनुवाइको मिति २५ अप्रिलका लागि तोकेका छन्।

    आरोपपत्रमा कांग्रेस नेता साम पित्रोदा र राजीव गान्धी फाउन्डेसनका ट्रस्टी सुमन दुबेलाई पनि अभियुक्त बनाइएको छ।

    कांग्रेसले ईडीको यो कदमलाई ‘बदलाको राजनीति’ भनेको छ र प्रधानमन्त्री र गृहमन्त्रीले धम्की दिइरहेका बताएको छ।

    यस महिनाको सुरुमा, ईडीले एसोसिएटेड जर्नल्स लिमिटेड (एजेएल)को ६६१ करोड रुपैयाँ बराबरको सम्पत्ति जफत गर्ने प्रक्रिया सुरु गरेको थियो।

    अनुसन्धान एजेन्सी ईडीले दिल्ली, मुम्बई र लखनऊका सम्पत्ति रजिस्ट्रारहरूलाई औपचारिक रूपमा सूचना जारी गरेको थियो र भौतिक सम्पत्ति कब्जामा लिने मनशाय व्यक्त गरेको थियो ।

    नेसनल हेराल्ड अखबार एसोसिएटेड जर्नल्स लिमिटेडद्वारा प्रकाशित हुन्छ जुन योङ इन्डियन प्राइभेट लिमिटेडको स्वामित्वमा छ । कम्पनीमा सोनिया गान्धी र राहुल गान्धी दुवैको हिस्सेदारी छ ।बीबीसी

    प्रतिक्रिया दिनुहोस्
    images
    images