images
images
  • बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हासिना र छोरीविरुद्ध पक्राउ पुर्जी जारी

    काठमाडौं । बंगलादेशको एक अदालतले पूर्वप्रधानमन्त्री शेख हासिना र उनकी छोरी साइमा वाजेद पुतुलसहित अन्य १७ जनामाथि भ्रष्टाचारको एक मुद्दामा नयाँ पक्राउ पुर्जी जारी गरेको छ ।

    भारतीय अखबार टाइम्स अफ इन्डियाका अनुसार उनीहरूलाई एक आवासीय जग्गा खरिद गर्दा भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

    बंगलादेशको ढाका महानगरीय वरिष्ठ विशेष न्यायाधीश जाकिर हुसेन गालिबले त्यहाँको भ्रष्टाचार विरोधी आयोगले पेस गरेको उनीहरूविरुद्धको अभियोगपत्र स्वीकार गरेका समाचारमा बताइएको छ ।

    आरोपीहरू फरार रहेको भन्दै अदालतले उनीहरूविरुद्ध  बिहीबार पक्राउ पुर्जी जारी गरेको समाचारमा बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images