images
images
  • अधिवक्ताको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित, उत्कृष्ट १० मा ७ महिला (सूचीसहित)

    अधिवक्ताको लाइसेन्स परीक्षाको नतिजा प्रकाशित भएको छ। नेपाल कानुन व्यवसायी परिषद्‌द्वारा सञ्चालित अधिवक्ता तहको ३२‍औं परीक्षामा सहभागीको नतिजा सार्वजनिक भएको हो। नतिजामा १० उत्कृष्टमा ७ जना महिला छन्।

    सर्वोत्कृष्ट रोजिना आचार्य क्षेत्री भएकी छन्। उनले ८०.७६ प्रतिशत अंक ल्याएकी हुन्। निशा दाहाल, आस्था ढुङ्गेल, सेलिना अधिकारी, समीक्षा अधिकारी, अनिषा आचार्य र मोनिका कार्की क्रमशः शीर्ष १० मा पर्न सफल भएका छन्।

    उत्तीर्ण परीक्षार्थीलाई २०८२ वैशाख १० गतेभित्र कानुन व्यवसायी प्रमाणपत्रका लागि निवेदनसहितका कागजात बुझाउन भनिएको छ।

    उत्तीर्ण भए पनि कुनै सरकारी, गैरसरकारी वा संघ संस्थामा कार्यरतहरूले भने जागिर छाडिसकेपछि मात्रै प्रमाणपत्र प्राप्त गर्नेछन्।

    8c11e4ab 9d05 41f6 b1cd b118ae883599 LfhimldWLR

    प्रतिक्रिया दिनुहोस्
    images
    images