images
images
  • दलित र गैरदलितको सहभागितामा ‘महायज्ञ’

    सर्लाही । सर्लाहीमा विभिन्न नाममा हुने विभेदका घटनालाई चुनौती दिन दलित र गैरदलित दुवै समुदाय मिलेर महायज्ञ आयोजना गरिएको छ । जिल्लाको चन्द्रनगर गाउँपालिका–२, बबरगन्जमा दलित र गैरदलित समुदायका अगुवाको नेतृत्वमा यही चैत २० गतेबाट नवाह महायज्ञ सुरु भएको हो ।

    विश्वकल्याणको कामनासहित बबरगन्जस्थित सवरी कुटी हनुमान मन्दिर परिसरमा सामूहिक रूपमा महायज्ञको आयोजना गरिएको वडाध्यक्ष शम्भु साह तेलीले जानकारी दिए । महायज्ञमा दलित समुदायलाई प्रतिनिधित्व गर्ने गुरुद्वय रामचन्द्र दास र बिसुनी दासले कथावाचन गरिरहेका छन् ।

    महायज्ञ नौ दिनसम्म सञ्चालन हुने आयोजक समितिका संयोजक मनोज दासले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images