images
images
  • एनआरएनए महाधिवेशन प्रतिनिधिको आवेदन खुला

    काठमाडौं । आगामी मे ३ देखि ५, २०२५ मा  काठमाडौंमा हुने रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए)को महाधिवेशनमा भाग लिनका लागि प्रतिनिधि (डेलिगेट) आवेदन खुला गरिएको छ।

    सर्वोच्च अदालतको परमादेशद्वारा गठित एनआरएनए उच्च स्तरीय समितिले समितिको वेबसाइटमा गएर डेलिगेट बन्न निवेदन दिन आग्रह गरेको छ।

    डेलिगेट बन्न निवेदन दिने मिति २२ अप्रिल २०२५ सम्म रहेकाले संघको वेब पोर्टलमा गएर मात्रै निवेदन दिन समितिले आग्रह गरेको छ । एनआरएनए उच्चस्तरीय समितिले आधिकारिक रूपमा आवेदन दिने व्यवस्था मिलाएको जनाएको छ।

    उच्चस्तरीय समितिकी सदस्य सचिव रविना थापाले भनिन्, “हाल केही व्यक्तिहरूले नक्कली फारम बनाएर सामाजिक  सञ्जालमार्फत सेयर गरिरहेका छन्, जसले आवेदकहरूलाई अन्योलमा पार्न सक्छ ।”

    एनआरएनए सदस्यता नलिएका व्यक्तिहरूले अप्रिल ७ तारिखभित्र सदस्यताका लागि आवेदन दिइसक्नु पर्ने  उच्चस्तरीय समितिले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images