images
images
  • गुजरातको पटाका कारखानमा विस्फोट हुँदा एकै गाउँका २१ जनाको मृत्यु

    भारतस्थित गुजरातको बनासकान्ठानजिकैको डिसामा रहेको पटाका कारखानामा मंगलबार विस्फोट हुँदा मध्य प्रदेशका २१ कामदारको मृत्यु भएको छ। ५ जना घाइते भएका छन्।

    दैनिक भास्करका अनुसार यो कारखाना दिसा तहसिलको धुनवा रोडमा अवस्थित छ। विस्फोटका बेला कामदारहरू कारखानामा काम गरिरहेका थिए। विस्फोट यति भयानक थियो कि धेरै कामदारका शरीरका अंग ५० मिटर टाढासम्म छरिएका थिए।

    कारखाना पछाडिको खेतमा समेत केही मानव अंग फेला परेका छन्। आगो नियन्त्रणमा लिन दमकललाई ५ देखि ६ घण्टा लाग्यो।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारलाई प्रतिपरिवार २ लाख रुपैयाँ आर्थिक सहयोगको घोषणा गरेका छन्।

    दुर्घटनामा परेका सबै जना २ दिनअघि मात्र कामका लागि आएका थिए। मृतक र घाइते सबै कामदार मध्य प्रदेशको हरदा जिल्लास्थित हान्डिया गाउँका बासिन्दा हुन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images