images
images
  • हमासले आफ्ना हतियार त्यागे इजरायल गाजा वार्ताका लागि खुला छ : नेतान्याहू

    इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इजरायल गाजामा द्वन्द्व अन्त्य गर्न वार्ता गर्न तयार रहेको बताएका छन् । तर यदि हमासले आफ्नो हतियार आत्मसमर्पण गर्छ र घेराबन्दीमा परेको क्षेत्रको नियन्त्रण त्याग्छ भने मात्र आफूहरु युद्धविरामका लागि वार्ता गर्न तयार रहेको बताए ।

    साप्ताहिक मन्त्रिपरिषद् बैठकको सुरुवातमा बोल्दै नेतान्याहूले इजरायल अन्तिम प्रस्तावमा छलफल गर्न तयार रहेको बताए । हमासमाथि सैन्य दबाब प्रभावकारी सावित भइरहेको उनको दाबी छ ।

    इजरायली सेनाले मार्च १८ मा गाजामा पुनः आक्रमणहरू सुरु गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images