images
images
  • ट्रम्पले किन भने– पुटिनसँग धेरै रिसाएको छु ?

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग धेरै रिसाएको र दुखी भएको बताएका छन् ।

    एनबीसी न्यूजलाई दिएको अन्तर्वार्तामा ट्रम्पले पुटिनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको विश्वसनीयतामाथि आक्रमण गरेको बताएका छन् ।

    उक्त अन्तर्वार्तामा ट्रम्पले पुटिन युद्धविराममा सहमत नभए उनले रूसबाट तेल खरिद गर्ने देशहरूमा ५० प्रतिशत कर लगाउन सक्ने चेतावनी दिएका छन् ।

    “यदि, रूस र म युक्रेनमा रक्तपात रोक्न सम्झौतामा पुग्न सकेनौँ भने यो रूसको गल्ती हो,” उनले भने, “म रूसबाट आउने सबै तेलमा थप कर लगाउनेछु ।”

    युरोपेली नेताहरू युक्रेनमा युद्धविरामको वार्ता गर्दा ट्रम्प पुटिनसँग नजिक रहेको भन्दै चिन्ता व्यक्त गरेका थिए ।

    यद्यपि, पछिल्लो ६ हप्तामा, ट्रम्पले जेलेन्स्कीमाथि बारम्बार कडा माग गरेका छन् भने पुटिनको पक्षमा बोलेका छन् ।

    एनबीसी न्यूजका अनुसार ट्रम्पले १० मिनेटको फोन अन्तर्वार्तामा पुटिनले जेलेन्स्कीको विश्वसनीयतामाथि आक्रमण गरेकोमा आफू रिसाएको र दुखी भएको बताए ।

    तर, ट्रम्प आफैँले जेलेन्स्कीलाई तानाशाह भनेका थिए । उनले चुनाव गराउन पनि माग गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images