images
images
  • अमेरिकी स्वास्थ्य विभागले १० हजार कर्मचारी कटौती गर्ने

    अमेरिकी स्वास्थ्य तथा मानव सेवा विभागले आफ्नो पुनर्संरचना प्रयासको एक भागको रूपमा करिब १० हजार पूर्ण–कालीन कर्मचारीहरू कटौती गर्ने भएको छ । यसले करदाताहरूलाई प्रतिवर्ष १.८ अर्ब डलर बचत गर्नेछ ।

    जसमा प्रारम्भिक अवकाश र फोर्क इन द रोड समावेश छ । पुनर्संरचनामा ८२ हजारबाट ६२ हजार पूर्ण–कालीन कर्मचारीहरूको कुल आकार घटाइनेछ ।

    संघीय कर्मचारीहरूलाई कटौती गर्ने ट्रम्प प्रशासनको ठुलो कारबाहीले धेरै मुद्दाहरू निम्त्याएको छ । यी कानुनी चुनौतीहरूले कर्मचारी कटौती सम्बन्धी प्रशासनको अधिकार र प्रक्रियामाथि प्रश्न उठाउँछन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images