images
images
  • क्यानडाका प्रधानमन्त्रीले भने– अमेरिकासँगको सम्बन्ध सकियो, बदला लिने चेतावनी

    काठमाडौं । क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकाविरुद्ध बदला लिने बताएका छन् । प्रधानमन्त्री कार्नीले क्यानडाको अमेरिकासँगको पुरानो सम्बन्ध सकिएको बताए ।

    “मूलरूपमा अर्थतन्त्रलाई एकीकृत गर्ने र सुरक्षा तथा सैन्य सहयोगलाई गहिरो बनाउने कुरामा आधारित सम्बन्ध थियो, अब समाप्त भएको छ,” उनले भनेका छन् ।

    राजधानी ओटावामा भएको मन्त्रिपरिषद् बैठकपछि बोल्दै उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कर निर्णयले क्यानेडियालीहरूलाई आफ्नो अर्थतन्त्रमा पुनर्विचार गर्न बाध्य पार्ने बताए ।

    कार्नीले क्यानडाले प्रतिशोधात्मक कर लगाउने बताए । यसले अमेरिकामा ठूलो प्रभाव पर्ने उनको भनाइ छ ।

    ट्रम्पले बुधबार आयातित सवारी साधन र सवारी साधनका पार्टपुर्जामा २५ प्रतिशत कर लगाउने घोषणा गरेका थिए ।

    कार्नीले क्यानडा र अमेरिकाबीचको सन् १९६५ को अटोमोटिभ प्रोडक्ड सम्झौतालाई अहिलेसम्मकै सबैभन्दा महत्वपूर्ण सम्झौता भएको भन्दे यी शुल्कहरूसँगै यो सम्झौता सकिएको बताए ।

    यद्यपि, कार्नीले ट्रम्पको कार्यालयबाट फोन वार्ताको तालिका बनाउने प्रस्ताव आएकाले दुई नेताहरूबीच चाँडै वार्ता हुनसक्ने बताएका छन् ।

    यदि, यसो भयो भने कार्नी प्रधानमन्त्री बनेपछि ट्रम्प र कार्नीबीच फोनमा पहिलोपटक वार्ता हुनेछ ।

    क्यानडामा अर्को महिना आम चुनाव हुँदै छ । बीबीसी

    प्रतिक्रिया दिनुहोस्
    images
    images