images
images
  • गोप्य सम्वाद बाहिर ल्याउने पत्रकार ट्रम्प विरोधी भएको हृवाइट हाउसको ठहर

    काठमाडौं : अमेरिकी राष्ट्रिय सुरक्षा अधिकारीको गोप्य सम्वाद बाहिर ल्याउने पत्रकार ट्रम्प विरोधी भएको हृवाइट हाउसले ठहर गरेको छ।

    अमेरिकाको मन्त्रिपरिषद्का नेता र अमेरिकी रक्षा मन्त्री पीट हेगसेथ समावेश रहेको सिग्नल नामको ग्रुपमा दि एट्लान्टिक म्यागजिनका पत्रकार जेफ्रि गोल्डवर्ग समेत समावेश थिए।

    यमनमा आक्रमण गर्नु केहि समयअघि अमेरिकी उच्च पदस्थ अधिकारीले गरेको गोप्य सम्वादलाई पत्रकार गोल्डवर्गले बाहिर ल्याएका थिए भने त्यसको विस्तृत अंशलाई दि एट्लान्टिक म्यागजिनमा प्रकाशित गराइएपछि ह्वाइट हाउसले यस्तो प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ ।

    पत्रकारले गोप्य सम्वादलाई बाहिर ल्याएको विषय ठूलो नभएको अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले बताएका छन्। यस्तै सिग्नल एपमा ग्रुप निर्माण गरेको राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्जले पत्रकारलाई आफुले जोडेको भन्दै यस विषयमा पूर्ण जिम्मेवारी लिएको बातइन्।

    डेमोक्रर्याटहरुले भने अमेरिकी विदेशमन्त्री पीट हेगसेथको राजीनामा माग गरेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images