images
images
  • इजरायली आक्रमण : गाजामा ३७ र सिरियामा ६ जनाको मृत्यु

    इजरायली आक्रमणमा परी गाजामा थप ३७ प्यालेष्टिनीको मृत्यु भएको छ। मृत्यु हुनेमा धेरै बालबालिका र महिला छन्। यस्तै इजरायलले सिरियामा पनि बमबारी जारी राखेको छ, जसमा कम्तीमा ६ जनाको मृत्यु भएको अलजजिराले जनाएको छ ।

    सिरियामा भएको आक्रमणको कतार र साउदी अरेबियाले निन्दा गरेका छन् । यसैबीच इजिप्टले इजरायल र हमासबीच युद्धविराम नवीकरण गर्ने प्रस्ताव गरेको छ, जसमा इजरायली बन्दीहरूको क्रमिक रिहाइ र घेराबन्दीमा परेको गाजा पट्टीबाट इजरायली सेनाको फिर्ता समावेश छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजाबाट विस्थापित प्यालेष्टिनीलाई स्वागत गर्न इजिप्टलाई आह्वान गरेसँगै दबावमा रहेको उसको यस्तो योजना आएको हो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images