अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पारस्परिक भन्सारको लागि अप्रिल २ को समयसीमा नजिकिँदै गर्दा आफूले धेरै देशहरूलाई भन्सारमा छुट दिनसक्ने बताएका छन् । पारस्परिक भन्सारको लागि आफूले धेरै देशहरूलाई छुट दिने योजना बनाएको उनले बताए ।
लामो समयदेखि धेरै देशहरूसँगको सम्बन्ध राम्रो रहेको र उनीहरूसँग अमेरिकाको सम्बन्ध राम्रो नै राख्ने बताए । अप्रिल २ लाई मुक्ति दिवसको रूपमा उनले चित्रण गरे । उनले भेनेजुएलाबाट तेल वा ग्यास खरिद गर्ने कुनैपनि राष्ट्रमा २५ प्रतिशत कर लगाउने बताए ।
राष्ट्रपतिले ल्याटिन अमेरिकी देशलाई हजारौँ अपराधीहरूलाई संयुक्त राज्य अमेरिका पठाएको आरोप लगाए । जेपी मोर्गनका प्रमुख अर्थशास्त्री ब्रुस कास्मानले यस महिनाको सुरुमा अमेरिकी अर्थतन्त्रको बारेमा चिन्ता व्यक्त गरे ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















