images
images
  • इराकी दूतावासमा भएको आक्रमणमा संलग्न रहेको आरोपमा १२ जना पक्राउ

    टर्की प्रहरीले इस्तानबुलमा इराकी वाणिज्य दूतावासमा शुक्रबार भएको आक्रमणमा संलग्न रहेको आरोपमा १२ जना संदिग्धहरूलाई पक्राउ गरेको छ । इहलास समाचार एजेन्सीकाअनुसार प्रहरीले आइतबारदेखि व्यापक कारबाही सुरु गरेको छ ।

    इस्तानबुल र पश्चिमी इज्मिर प्रान्तका धेरै स्थानहरूमा छापा मारेको छ । पक्राउ परेकाहरूमा मार्च २१ मा शहरको युरोपेली भागमा रहेको सिसली जिल्लामा रहेको वाणिज्य दूतावास भवनमा भएको आक्रमणको योजना बनाउने र उक्साउने शंका गरिएका व्यक्तिहरू पनि थिए ।

    खोजी कार्यको क्रममा, प्रहरीले संदिग्धहरूको ठेगानामा लामो ब्यारेल भएको बन्दुक र चोरी भएको मोटरसाइकल जफत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images