images
images
  • बंगलादेशमा शेख हसिनाको सरकार ढलेपछि १४० भन्दा बढी गार्मेन्ट कारखानाहरू बन्द    

    बंगलादेशको गार्मेन्ट क्षेत्र अहिले गम्भीर संकटबाट गुज्रिरहेको छ । पूर्वप्रधानमन्त्री शेख हसिनाको सरकार ढलेपछिको सात महिनामा १४० भन्दा बढी गार्मेन्ट कारखानाहरू बन्द भएका छन् ।

    यसका कारण एक लाखभन्दा बढी कामदारले रोजगारी गुमाएका छन् । गाजीपुर, सावर, नारायणगञ्ज र नरसिन्दीमा मात्र ५० भन्दा बढी कारखाना पूर्ण रूपमा बन्द भएका छन् भने लगभग ४० कारखाना अस्थायी रूपमा बन्द छन् ।

    कयौँ गार्मेन्ट कारखानका कामदारहरूले २ महिनादेखि १४ महिनासम्मको तलब पाउका छैनन् । तलब नपाएका कामदार सडकमा उत्रिएका छन् । ईद नजिकिँदै जाँदा अवस्था झनै भयावह बन्दै गइरहेको छ । ईद पछि थप कारखानाहरू बन्द हुने आकलन गरिएको छ ।

    यसको बाबजुद पनि सरकार र कपडा व्यवसायीहरूबाट कुनै कारबाही भइरहेको छैन । बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चरर्स एण्ड एक्सपोर्टर्स एसोसिएसन निकट स्रोतहरूका अनुसार २० प्रतिशत अर्डर देश बाहिर सारेका छन् । अब यी अर्डरहरू भारत, भियतनाम, श्रीलंका, इन्डोनेसिया र पाकिस्तानतिर गइरहेको बताइएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images