images
images
  • दक्षिण कोरियाको संवैधानिक अदालतद्वारा प्रधानमन्त्रीलाई महाअभियोग लगाउन अस्वीकार

    दक्षिण कोरियाको संवैधानिक अदालतले हान डक–सूलाई महाभियोग लगाउन संसद्ले पेस गरेको प्रस्तावलाई सोमबार दक्षिण कोरियाको संवैधानिक अदालतले अस्वीकार गरेको छ । दक्षिण कोरियाको संवैधानिक अदालतले प्रधानमन्त्री हान डक–सूको महाभियोग प्रस्ताव खारेज गरेको छ । 

    उनी दक्षिण कोरियाको प्रधानमन्त्री र कार्यवाहक राष्ट्रपति दुवैको रूपमा आफ्नो पद कायम राख्नेछन् । डिसेम्बर १४ मा राष्ट्रपति युन सुक–योललाई उनको असफल मार्शल ल लागू गरेकोमा महाभियोग लगाइएपछि गत वर्ष डिसेम्बर २७ मा विपक्षी–नियन्त्रित राष्ट्रिय सभाले हान डक–सो विरुद्धको महाभियोग प्रस्ताव पारित गरेको थियो । 

    संवैधानिक अदालतले मार्शल ल बोलीमाथि युन सुक–योलको महाभियोगको बारेमा आफ्नो फैसलाको मिति घोषणा गरेको छैन । 

    प्रतिक्रिया दिनुहोस्
    images
    images