images
images
  • लन्डनको हिथ्रो विमानस्थल किन हुँदैछ २४ घण्टा बन्द ?

    विमानस्थल नजिकैको विद्युतीय सबस्टेसनमा भीषण आगलागी भएपछि लन्डनको हिथ्रो विमानस्थल शुक्रबार दिनभरि बन्द हुने भएको छ ।

    विमानस्थलले जारी गरेको विज्ञप्तिमा आगलागीका कारण विमानस्थलमा ‘ठुलो मात्रामा विद्युत् आपूर्ति अवरुद्ध’ भएको उल्लेख छ ।

    विज्ञप्तिमा थप भनिएको छ, “हाम्रा यात्रु र सहकर्मीहरूको सुरक्षा कायम राख्न, हिथ्रो २१ मार्चको राति २३ः५९ बजेसम्म बन्द रहनेछ ।”

    “यात्रुहरूलाई विमानस्थल नजान र थप जानकारीका लागि आफ्नो एयरलाइन्सलाई सम्पर्क गर्न सल्लाह दिइन्छ । असुविधाका लागि हामी क्षमा चाहन्छौँ,” विज्ञप्तिमा भनिएको छ ।

    हिथ्रो बेलायतको सबैभन्दा ठुलो विमानस्थल हो, जहाँ हरेक दिन लगभग एक हजार ३०० विमान अवतरण र उडान भर्छन् । -बीबीसी

    प्रतिक्रिया दिनुहोस्
    images
    images