काठमाडौं।वीरगञ्जको वीरगञ्ज एक अर्पाटमेन्टमा फेला परेको करीब २३ किलो सुनको तस्करीमा संलग्न अभियुक्त विरुद्ध १८ करोड ६५ लाखको विगो माग गर्दै मुद्दा दायर भएको छ ।
प्रहरीले कात्तिक १ गते वीरगञ्ज नगरपालिका वडानं. ५ रेशम कोठीमा रहेको श्री गणेश अपार्टमेन्टको तेस्रो तलामा रहेको ३०३ नम्बरका फ्ल्याट सो सुन बारमद गरेको थियो ।
सोअबैध सुनबारे राजस्व अनुसन्धान विभागले अनुसन्धान पूरा गरी उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जमा बुधबार मुद्दा दायर गरेको विभागले जनाएको छ ।
भन्सार चोरी पैठारी गरी राजश्व चुहावट कार्यमा संलग्न पूर्वी चम्पारण,स्थायी ठेगाना भई विगतमा जिल्ला पर्सा विरगंज महानगरपालिका वडा नं. ५ रेशमकोठी स्थित श्री गणेश अपार्टमेन्टको तेस्रो तल्लाको फ्लाट नं. ३०३ खरीद गरी बसोबास गर्दै आएका निवेदिका सिन्हा र निजको बुबा भारतीय नागरिक अशोक कुमार सिन्हा विरुद्ध सो मुद्दा दार्ता गरिएको हो ।


विश्व खबर 




















