images
images
  • १३ वर्ष बन्द भएपछि जर्मनीले दमास्कसमा पुनः दूतावास खोल्यो

    जर्मनीले १३ वर्ष बन्द भएपछि दमास्कसमा आफ्नो दूतावास पुनः खोलेको छ । जर्मन विदेशमन्त्री अन्नालेना बेरबकको भ्रमणसँगै दूतावास खोलिएको हो ।

    डिसेम्बर २०२४ मा पूर्व राष्ट्रपति बसर अल–असदको सरकारको पतनपछि बेरबकको सिरियाको दोस्रो भ्रमणमा कुटनीतिक मिसन पुनः खोलिएको थियो । जर्मन मिडियाले बेरबकलाई उद्धृत गर्दै पुनः खोलिएको दुतावासमा थोरै संख्यामा कुटनीतिज्ञहरु रहने बताएको छ । आफ्नो भ्रमणको क्रममा बेरबकले सिरियाली नेता अहमद अल–शारा, विदेश मामिला प्रमुख असद अल–शैबानी र सिरियाली नागरिक समाजका प्रतिनिधिहरूसँग उच्चस्तरीय बैठकहरू गरे ।

    बेरबकले देशको गृहयुद्धको मार खेप्ने जिल्ला दमास्कसको अत्यधिक क्षतिग्रस्त जोबार छिमेकको पनि भ्रमण गरे । २०१२ मा देशको गृहयुद्ध सुरु भएपछि जर्मनीले दमास्कसमा आफ्नो दूतावास बन्द गरेको थियो । इटाली र स्पेन जस्ता धेरै अन्य युरोपेली देशहरूले सिरियाली राजधानीमा आफ्नो दूतावासहरू पुनः खोलिसकेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images