इजरायलले मंगलबार बिहानबाट गाजा पट्टीमा घातक आक्रमण सुरु गरेको छ । जसबाट ४ सयभन्दा बढीको मृत्यु भएको छ ।
हमासले अझै पनि एन्क्लेभमा राखिएका बन्धकहरूलाई रिहा नगरेमा आक्रमणहरू तीव्र पार्ने चेतावनी दिएको छ । इजरायल र हमासबिच युद्धविरामको अर्को चरणहरूको बारेमा अप्रत्यक्ष वार्ताको बिचमा राति अचानक हवाई आक्रमण सुरु भएको हो । जसमा युद्ध समाप्त गर्ने र बाँकी इजरायली बन्धकहरूलाई रिहा गर्ने समावेश हुनसक्ने बताइएको छ ।
आक्रमणहरूले लगभग दुई महिनाको युद्धविराम तोड्दै १७ महिनाको युद्धलाई पूर्ण रूपमा पुनः सुरु गरेको छ । गाजाका स्वास्थ्य अधिकारीहरूले आक्रमणबाट मृत्यु हुनेको संख्या कम्तीमा ४०४ पुगेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















