इजरायलको आक्रमणमा गजामा ९ जना प्यालेस्टिनी नागरिक मारिएका छन् । जसमा तीन जना पत्रकार रहेको बताइएको छ ।
शनिबार राति इजरायलले गजाको बेइत लाहिया सहरमा हवाई आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचारमा जनाइएको छ । जसमा एक कारलाई लक्ष्य बनाइएको थियो । कारमा सवार पत्रकार र च्यारिटी कार्यकर्ताहरूको मृत्यु भएको छ ।
इजरायलले दुई आतंककारीलाई निशाना बनाएको दाबी गरेको छ । जबकि हमासले यसलाई अस्वीकार गर्दै त्यसलाई नागरिक आक्रमण भनेको छ ।
युद्धविरामको विषयमा इजिप्टको कायरोमा छलफल भइरहेको छ । जसमा हमास दोस्रो चरणको युद्धविरामको पक्षमा छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 



















