images
images
  • कोलकातामा होली खेल्न बोलाएर कलेज छात्रको हत्या

    भारतीय राज्य पश्चिम बंगलमा शुक्रबार दिउँसो होली खेल्ने बहानामा कलेज विद्यार्थीलाई घरबाट बोलाएर हत्या गरिएको छ।

    बीबीसी हिन्दीका अनुसार राजधानी कोलकातासँग जोडिएको उत्तर २४ परगना जिल्लाको हाबरामा २४ वर्षीय अमर चौधरीको त्यसरी हत्या गरिएको हो। उनी तृणमूल कंग्रेस विद्यार्थी परिषद्का सदस्य थिए।

    उनको हत्यामा संलग्न आरोपमा प्रहरीले एकजना पक्राउ गरेको छ भने अर्का एकजनाको खोजी भइरहेको ब्याराकपुर प्रहरी आयुक्तालयका एक अधिकारीले बताए।

    मृतकका दाइ कृष्ण चौधरीले भने, ‘होली खेल्ने बहानामा उनलाई तीन युवकले बोलाएर हतियार प्रहार गरेका थिए। खबर पाएपछि गम्भीर अवस्थामा मेडिकल कलेज अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरे।’

    घटनास्थल पुगेका कंग्रेस पार्षद् विकास सिंहले भने, ‘अमर मसँगै बसेर विद्यार्थी राजनीतिमा सक्रिय थिए। किन हत्या गरियो अनुसन्धानबाट मात्रै थाहा हुन्छ। तर यस प्रकरणमा पक्राउ परेका विरुद्ध कैयौँ मुद्दा दर्ता छन्।’

    नाम नबताउने सर्तमा एक प्रहरी अधिकृतले भने, ‘प्राथमिक रूपमा व्यक्तिगत दुश्मनीका कारण घटना भएको देखिन्छ। मृतकको ती युवासँग पुरानो विवाद रहेको पाइएको छ। हाल यसबारे अनुसन्धान भइरहेको छ।’

    प्रतिक्रिया दिनुहोस्

    images
    images