images
images
  • नेवारको चिहानमा कांग्रेस नेताको रजाईँ

    काठमाडौं – प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदद्वय सुमना श्रेष्ठ र शिशिर खनालले फरक समय तर एकै स्वरमा भने– काठमाडौँ क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ स्थित लोकतान्त्रिक चोकको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नम्बर ६२ र ६३ नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको स्थानीयहरूको गुनासो र उजुरीका बाबजुद स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आमगुनासो छ । यसमा पनि ध्यानाकर्षण गराएँ ।’

    यो जग्गा नेवार समुदायको चिहान रहेको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नम्बर ६२ र ६२ नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको र स्थानीयहरूको गुनासो र उजुरीका बाबजुद स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आमगुनासो छ ।’

    दुवै सांसदले नाम नलिइ ‘कांग्रेस नेता’ भनेका व्यक्ति थिए डा. केदारनरसिंह केसी । डा. केसी नेपाली कांग्रेसका नेता तथा नुवाकोट क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित अर्जुननरसिंह केसीका सहोदर भाइ हुन् । डा. केसी आफैँ पनि नेपाल मेडिकल एसोसिएसनका पूर्वअध्यक्ष र विभिन्न अस्पतालको कार्यकारी निर्देशक भइसकेका व्यक्ति हुन् ।

    सांसदद्वयले बोलेपछि कांग्रेस सांसदहरूले त्यसको विरोध गरे र तथ्यविना आरोप लगाएको भन्दै सांसदद्वय श्रेष्ठ र खनालले बोलेको कुरा रेकर्डबाट हटाउन माग गरे ।

    सभामुख घिमिरेले भने, ‘प्रतिनिधि सभामा वादविवादमा जाने होइन, आफूले उत्तरदायी र जिम्मेवार तरिकाले राख्नुहुनेछ भन्ने हाम्रो विश्वास छ । सार्वजनिक ढङ्गबाट संसदको अगाडि तथ्यपरक ढङ्गले राख्नहुन्छ । राख्नुहुनेछ ।’

    प्रतिनिधि सभामा कांग्रेस–रास्वपा सांसद बाझाबाझ चल्दाचल्दै सामाजिक सञ्जालमा मालपोत कार्यालय मनमैजुको ‘खुलाइ पठाइएको सम्बन्धमा’ शीर्षकको पत्र सार्वजनिक भयो ।

    e9aa91d4 5352 4578 b82a 289ae3400518

    गत साउन १६ गते कार्यालयले तारकेश्वर नगरपालिकालाई लेखेको पत्रमा लेखिएको छ, ‘काठमाडौँ जिल्ला साविक मनमैजु वडा नं.९ सिट नं. १०२०९४४२३ कि.नं. ६२ क्षेत्रफल २१.६२ व.मि. जग्गा ज.ध. केदारनरसिंह केसीका नाममा र कि.नं.६३ क्षे.फ.२६३.६१ नेपाल सरकारका नाममा यस कार्यालयको मोठ स्रेष्तामा जनिएको व्यहोरा जानकारीका लागि अनुरोध छ।

    खनालले कित्ता नं. ६२ र ६३ भनेका थिए । मालपोत मनमैजुको पत्र हेर्ने हो भने कित्ता नं. ६२ डा. केसीका नाममा देखियो । त्यसपछि भने सांसदद्वय श्रेष्ठ र खनालको अभिव्यक्ति हटाउन माग गर्ने सांसदहरूले भन्दै थिए, ‘व्यक्तिको नाम भन्न भनेका हौँ, सिङ्गो पार्टीमाथि आरोप लगाउन पाइँदैन भन्ने हाम्रो माग थियो ।’

    यसबारे कुनै पनि सांसद थप प्रतिक्रिया दिन तयार देखिएनन् ।

    आरोप लागेका डा. केसीले भने आफूलाई मालपोत कार्यालयले सट्टापट्टामा कित्ता नं. ६२ को जग्गा उपलब्ध गराएको जानकारी दिए । ‘कित्ता नं. ६१ मेरो श्रीमती रेखा थापा (केसी)को नाममा थियो ।

    a1a27acf 2523 4f67 8dc3 7e36db519261

    रास्वपा सांसदहरूको सङ्केत तारकेश्वर नगरपालिकाको नगरप्रमुख नेपाली कांग्रेसबाट निर्वाचित रहेकै कारण डा. केसीले शक्ति दुरुपयोग गरी फाइदा लिएको भन्नेतिर लक्षित थियो । २०७९ सालमा भएको स्थानीय तह निर्वाचनमा कांग्रेसबाट उम्मेदवार बनेका कृष्णहरि श्रेष्ठ नगरप्रमुखमा निर्वाचित भएका हुन् ।

    6c94aa65 f4fb 45ab a105 caad6d6af621

    प्रतिक्रिया दिनुहोस्

    images
    images