
रुस–युक्रेन युद्धविरामका लागि वार्ता गर्न अमेरिकी टोली रुस प्रस्थान गरेको छ । यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यो टोलीमा समावेश गरिएका व्यक्तिहरूको नाम सार्वजनिक गरेका छैनन् ।
साउदी अरेबियामा अमेरिकी अधिकारीहरूसँगको वार्तापछि युक्रेनले ३० दिनको तत्काल युद्धविरामको अमेरिकी प्रस्तावमा सहमति जनाएको थियो । युक्रेनले युद्धविराम गर्न सहमति जनाएपछि अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भनेका थिए, “बल अब रूसको कोर्टमा छ ।”
साउदी अरेबियाको जेद्दामा भएको बैठकपछि युक्रेनले अब यस विषयमा रुसलाई मनाउने काम अमेरिकाको हातमा रहेको बताएको थियो ।
प्रतिक्रिया दिनुहोस्