images
images
  • आज सुनचाँदीको मूल्य बढ्यो

    नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ६०० रुपैयाँ बढेर कारोबार भएको छ ।

    आज सुनको मूल्य प्रतितोला एक लाख ७० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला एक लाख ६९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै, चाँदीको मूल्य ३० रुपैयाँ बढेर दुई हजार रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँ कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images