images
images
  • फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते पक्राउ

    काठमाडौँ । फिलिपिन्सका पूर्वराष्ट्रपति रोड्रिगो दुतेर्ते पक्राउ परेका छन् । अन्तर्राष्ट्रिय फौजदारी अदालतको आदेशमा हङकङमा आयोजित एउटा कार्यक्रमबाट स्वदेश फर्केका दुतेर्तेलाई मनिला विमानस्थलबाटै हिरासतमा लिइएको हो ।

    उनको कार्यकालमा लागुपदार्थ विरोधी अभियानका नाममा हजारौँ व्यक्तिको सरकारी सुरक्षाकर्मीले गैरकानुनी हत्या गरेको अभियोगमा अन्तर्राष्ट्रिय फौजदारी अदालतले उनलाई पक्राउ पुर्जी जारी गरेको थियो ।

    मानव अधिारवादीहरूका अनुसार ३० हजार जनाको गैरकानुनी हत्या गरिए पनि केही व्यक्तिमाथि मात्र कारबाही चलाइएको थियो । दुतेर्ते सन् २०१६ देखि २०२२ सम्म फिलिपिन्सका राष्ट्रपति थिए ।

    प्रतिक्रिया दिनुहोस्