images
images
  • सुनको मूल्य बढ्यो, चाँदीको मूल्य स्थिर

    काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ७० हजार ४०० रुपैयाँ कायम भएको हो ।

    हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख ७० हजार ३०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images