काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोला पाँच सय रुपैयाँ घटेको सुनको मूल्य आज प्रतितोला एक सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला एक हजार नौ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 
















