images
images
  • दक्षिण अफ्रिकालाई पराजित गर्दै न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा

    दक्षिण अफ्रिकालाई पराजित गर्दै न्युजिल्यान्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ।

    दोस्रो सेमिफाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई ५० रनले पराजित गर्दै भारतसँग  उपाधि भिडन्त पक्का गरेको हो।

    न्युजिल्यान्डले दिएको ३ सय ६३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय १२ रन मात्र बनाउन सक्यो।

    दक्षिण अफ्रिकाका डेविट मिलरले शतकिय पारी खेलेपनि टोलीको हार टार्न सकेनन्। उनले ६७ बलमा १० चौका र ४ छक्का सहयोगमा शतक बनाउँदै अविजित रहे।

    रसि भान डेर डुसेन ६९ रन बनाउँदा बोल्ड आउट हुन पुगे। कप्तान टेम्बा बभुमा ५६ रनमा क्याच आउट भए। एडेन मक्रमले ३१ र रायन रिकेल्टोनले १७ रन थपे।

    न्युजिल्यान्डका मिचेल सान्टनरले ३ विकेट लिए। म्याट हेन्री र ग्लेन फिलिप्सको नाममा समान २ विकेट रह्यो।

    त्यसअघि पाकिस्तानको लाहोरस्थित गद्दाफी स्टेडियममा टस जितेर ब्याटिङ गरेको न्युजिल्यानडले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ६२ रनको योगफल तयार पारेको थियो।

    न्युजिल्यान्डका लागि रचिन रविन्द्र र केन विलियम्सनले शतक पूरा गरे। रविन्द्रले १ सय १ बलमा १३ चौका र १ छक्का सहयोगमा १ सय ८ रन बनाउँदा क्याच आउट भए।

    ९४ बलमा १० चौका र २ छक्का प्रहार गरेका विलियम्सन १ सय २ रन बनाउँदा क्याच आउट भए।

    डेर्ली मिचेल ४९ रनमा क्याच आउट नै हुन पुगे। ग्लेन फिलिप्स ४९ रनमा अविजित रहे। विल योङले २१ र माइकल ब्रासवेलले १६ रन थपे। न्युजिल्यान्डले अब उपाधिका लागि आइतबार भारतविरुद्ध युएईमा खेल्नेछ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images