images
images
  • सुनचाँदीको मूल्य बढ्यो

    काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४ सय रुपैयाँले बढेको हो ।

    आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९४० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images