images
images
  • अमेरिकाले रोक्यो युक्रेनलाई दिँदै आएको सैन्य सहायता

    अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहायता रोकेको छ । ह्वाइट हाउसस्थित ओभल अफिसमा युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भएको तनावपूर्ण छलफलपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले तत्कालका लागि सैन्य सहायता रोक्न आदेश दिएका हुन्।

    ह्वाइट हाउसका एक अधिकारीका अनुसार राष्ट्रपति ट्रम्पले आफूहरुको प्राथमिकता शान्ति स्थापना रहेको र तत्कालका लागि सैन्य सहायता रोकेर त्यसको समीक्षा गरिने बताएका छन्। अर्का एक अधिकारीका अनुसार युक्रेन पठाउन बाँकी रहेका सैन्य उपकरणहरू तत्काललाई रोकिएको हो।

    उनका अनुसार युक्रेनले शान्ति स्थापनाका लागि नयाँ प्रतिबद्धता देखाएमा हतियार सहयोगमा लगाइएको रोक हटाइने ट्रम्पले बताएको सीएनएनले उल्लेख गरेको छ। केही अधिकारीहरुका अनुसार ट्रम्पले ओभल अफिसमा जेलेन्स्कीले रुखो व्यवहार देखाएको भन्दै सार्वजनिक माफी मागून् भन्ने चाहेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images