images
images
  • २ घण्टापछि सञ्चालनमा आयो नेपाल टेलिकमको मोबाइल नेटवर्क

    काठमाडौँ । झण्डै २ घण्टापछि नेपाल टेलिकमको मोबाइल नेटवर्क सञ्चालनमा आएको छ । आज बिहान २ घण्टासम्म नेपाल टेलिकमको पोस्टपेड र प्रीपेड दुवै सीममा फोन लागेको थिएन ।

    नेपाल टेलिकमले प्राविधिक समस्याले नेटवर्कमा समस्या देखिएको जनाउँदै अहिले समस्या समाधान भएको जानकारी दिएको छ ।

    एचएलआर नेटवर्कमा समस्या आएको र प्राविधिक टिमले सो समस्या समाधान गरिसकेको नेपाल टेलिकमका प्रबनध निर्देशक डिल्लीराम अधिकारीले जानकारी दिए ।

    बिहानैदेखि फोन नलाग्नुका साथै एसएमएस पनि डेलिभर भएको थिएन् । मोबाइलमा फोन गर्दा ‘कल इण्ड’ भएको देखाउँथ्यो ।

    पोस्टपेड र प्रिपेड नम्बरमा फोन नलागे पनि एनटीसीको सीमबाट एनसेलमा भने फोन लागेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images