images
images
  • भारतीय रिजर्भ बैंकका पूर्वगभर्नर दास बने प्रधानमन्त्री मोदीको दोस्रो मुख्य सचिव

    भारतीय रिजर्भ बैंक (आरबीआई) का पूर्व गभर्नर शक्तिकान्त दासलाई शनिबार प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो मुख्य सचिव नियुक्त गरिएको छ।

    समाचार एजेन्सी एएनआई र पीटीआईका अनुसार तमिलनाडु क्याडरका सेवानिवृत्त आईएएस अधिकारी दासको कार्यकाल प्रधानमन्त्रीको कार्यकाल वा अर्को आदेश नभएसम्मको लागि हुनेछ।

    शक्तिकान्त दास आरबीआईका गभर्नर र १५ औं वित्त आयोगका सदस्य भइसकेका छन्।

    गुजरात क्याडरका सेवानिवृत्त आईएएस अधिकारी पीके मिश्रा हाल प्रधानमन्त्री मोदीका मुख्य सचिवका रूपमा कार्यरत छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images