images
images
  • संघीय संसदका चार समितिका बैठक बस्दै, के–के छन् छलफलका विषवस्तुहरू ?

    काठमाडौं– आज संघीय संसदका चार समितिका बैठक बस्दैछ ।

    आज प्रतिनिधि सभाका अर्थ समिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाका विकास, आर्थिक मामिला तथा सुशासन समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ ।

    आज बिहान साढे ८ बजेदेखि शुरु हुने अर्थसमितिको बैठकमा नेपालको पूँजी बजारलाई व्यवस्थित, पारदर्शी, विश्वसनीय एवं लगानीमैत्री बनाउन धितोपत्र निष्काशन, सूचीकरण, बजार सञ्चालन तथा नियमन र लगानीकर्ताको हित संरक्षण सम्बन्धमा सम्बद्ध निकाय र संघ–संस्थासँग छलफलको कार्यसूची रहेको छ ।

    त्यस्तै बिहान साढे ९ बजेदेखि शुरु हुने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार र हिरासतमा रहेका थुनुवा कैदीबन्दीहरुको मानव अधिकारको अवस्था सम्बन्धि निरिक्षण तथा अवलोकन उपसमितिको प्रतिवेदन, २०८३ उपर छलफल र पारित गर्ने कार्यसूची रहेको समितिले जानकारी दिएको छ ।

    त्यसैगरी, बिहान ११ बजेदेखि शुरु हुने राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा संयुक्त राष्ट्रसंघीय जलवायु सम्बन्धी सम्मेलन (कोप ३१) को सम्बन्धमा कृषि,वन तथा पर्यावरण मन्त्रालय र ऊर्जा,जलस्रोत तथा सिँचाइ मन्त्रालयका कामकारवाही बारेमा छलफलको कार्यसूची रहेको छ ।

    त्यस्तै बिहान ११ बजेदेखि शुरु हुने विधायन व्यवस्थापन समितिको बैठकमा आन्तरिक वायुसेवाको दायित्व सम्बन्धी विधेयक, २०८३ माथि दफावार छलफलको कार्यसूची रहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images