images
images
  • प्रधानमन्त्री शाहसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

    काठमाडौं – नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री वालेन्द्र शाहसँग बिदाइ भेट गरेका छन् ।

    कार्यकाल पूरा गरी भारत फर्किन लागेका श्रीवास्तवले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेर प्रधानमन्त्री शाहसँग भेट गरेका हुन् । भेटबारे प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले जानकारी दिएकी हुन् ।

    भेटमा प्रधानमन्त्री शाहले नेपाल र भारतबीचको सम्बन्ध लामो समयदेखि सुमधुर र प्रगाढ रहँदै आएको बताएका थिए । उनले पछिल्लो समय बाढीपहिरोलगायत विपद्का बेला भारत सरकारले नेपाललाई गरेको सहयोगका लागि धन्यवाद व्यक्त गरेका थिए ।

    प्रधानमन्त्री शाहले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकामा बधाई दिँदै आगामी जीवनका लागि शुभकामनासमेत दिएका थिए ।

    भेटका क्रममा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपाल र भारतबीच विभिन्न विकास परियोजना सम्पन्न भएको जानकारी गराएका थिए । उनले नेपालमा रहँदा सहयोग र सहकार्य गर्ने नेपाल सरकार तथा नेपाली जनताप्रति धन्यवाद व्यक्त गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images