images
images
  • हमासले रिहा गर्‍यो थप ६ बन्धक, योपटक पनि परेनन् विपिन जोशी

    काठमाडौं । प्यालेस्टाइनी लडाकु समूह हमासले शनिबार ६ बन्धक रिहा गरेको छ । गाजामा इजरायल र हमासबीचको युद्धविराम सम्झौताअन्तर्गत उनीहरूलाई रिहा गरिएको हो ।

    हमासको नियन्त्रणबाट मुक्त हुनेमा हिशाम अल–सयद, एलिया कोहेन, ओमेर शेम टोभ, ओमेर वेन्कर्ट, एवेरा मंगिस्टु र ताल शोहम छन् । सर्त अनुसार, बदलामा इजरायलले आफ्नो जेलमा रहेका ६०२ प्यालेस्टाइनी बन्दी रिहा गर्नेछ ।

    इजरायल र हमासबीचको सम्झौता तीन चरणमा कार्यान्वयन गरिनेछ । पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टाइनी बन्दीको सट्टामा हमासद्वारा बन्धक रिहा गरिनेछ ।

    त्यसपछि इजरायली सेना विस्तारै गाजाबाट फिर्ता हुने र अन्तिम चरणमा त्यहाँको पुनर्निर्माणको काम गरिनेछ ।

    नेपाली युवा विपिन जोशी भने योपटक पनि रिहा हुनेमा परेनन्। उनको रिहाइ नभएको विषयलाई लिएर सरकारको कूटनीतिक अपुग भएको लख काट्न थालिएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images