images
images
  • अमेरिका-रुस वार्तालगत्तै बेलायती सेनाले भन्यो: हामी युक्रेनमा तैनाथ हुन तयार छौँ

    बेलायती सेनाले सरकारको अनुरोधमा युक्रेनमा तैनाथ हुन तयार रहेको बताएको छ।  यस हप्ता २५०० ब्रिटिस सेनाले रोमानियामा उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) को अभ्यासमा भाग लिइरहेका छन्। यो युक्रेनी सीमाबाट केवल २५ किलोमिटर टाढा छ।

    ब्रिगेडियर एन्डी वाटसनको पर्यवेक्षणमा ब्रिटिस सेनाले नेटो अभ्यासमा भाग लिइरहेको हो।

    बीबीसीका अनुसार युक्रेनमा सेना तैनाथ गर्ने आदेश प्राप्त भयो भने आफ्नो ब्रिगेड ‘पूर्ण रूपमा तयार’ रहेको ब्रिगेडियर वाटसनले बताएका छन्।

    बेलायती प्रधानमन्त्री केयर स्टारमरले पनि हालै युद्धविराम भयो भने उनी युक्रेनको रक्षा गर्न बेलायती सेना पठाउन तयार रहेको बताएका थिए।

    युक्रेनमा जारी युद्ध अन्त्य गर्न मंगलबार अमेरिकी विदेशमन्त्री मार्को रुबियो र रुसी विदेशमन्त्री सर्गेई लाभरोवले साउदी अरेबियामा शान्ति वार्ता गरेका छन्।

    यसबारे युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफूलाई रुस-अमेरिका वार्तामा निमन्त्रणा नगरिएकाले त्यसमा सहमत नहुने चेतावनी दिएका छन्।

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भने अमेरिका-रुस वार्तापछि युक्रेनमा शान्ति स्थापना हुने विश्वास बढेको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images