images
images
  • नयाँ दिल्ली रेलवे स्टेसनमा भागदौड : १५को मृत्यु, कैयौँ घाइते

    काठमाडौं । भारतको राजधानी दिल्लीको नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको छ । आइतबार बिहानको उक्त घटनामा कैयौँ मानिस घाइते भएका छन् ।

    लोकनायक अस्पताल (एलएनजेपी) अस्पतालकी सीएमएस रितु सक्सेनाले नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा १५ जनाको मृत्यु भएको बताएको बीबीसीले लेखेको छ ।

    भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्ली रेलवे स्टेसनमा भएको भागदौडमा मारिएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्।

    प्रतिक्रिया दिनुहोस्
    images
    images