images
images
  • विपक्षीले इलोन मस्कविरुद्ध आरोप लगाएपछि बचाउमा उत्रिए ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले डेमोक्र्याटिक पार्टीले इलोन मस्कविरुद्ध लगाएको आरोपको प्रतिवाद गरेका छन्।

    मस्क सरकारी दक्षता विभागका प्रमुख हुन्। उनले अमेरिकामा फजुल खर्च रोक्न काम गरिरहेको र आफ्नो कुनै स्वार्थ नराखेको भन्दै ट्रम्पले बचाउ गरेका हुन्।

    यसअघि अमेरिकाको विपक्षी डेमोक्र्याटिक पार्टीले ट्रम्प प्रशासनले सुझाव दिएका परिवर्तनले इलोन मस्कलाई फाइदा पुग्ने आरोप लगाएको थियो।

    राष्ट्रपति ट्रम्पले अमेरिकी च्यानल फक्स न्युजसँग भने, ‘उहाँ (मस्क) ले यसबाट केही पाउनु हुन्न। वास्तवमा उहाँले यसका लागि कसरी समय निकाल्नुहुन्छ भन्ने कुरामा म छक्क पर्छु।’

    ट्रम्पले सरकारी दक्षता विभागले सैन्य र शिक्षा विभागको खर्चको अनुसन्धान गर्ने बताए। यो काम आगामी २४ घण्टामा सम्पन्न हुन सक्ने सम्भावना छ।

    ट्रम्पले भने, ‘हामी सेनामा अर्बौं डलरको ठगीको पर्दाफास गर्नेछौँ। मानिसहरूले मलाई यही कारणले रोजेका छन्।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images