images
images
  • गृहमन्त्री लेखकले भोलि साँझ आन्दोलनरत ‘नो केबलकार समूह’ सँग वार्ता गर्ने

    काठमाडौं-पाथीभरा क्षेत्रको केबलकार निर्माणको विपक्षमा रहेका आन्दोलनरत पक्षसँग भोलि नेपाल सरकार वार्ता गर्ने भएको छ।

    गृहमन्त्री रमेश लेखकले माघ २८ गते साँझ ६ बजे ‘नो केबलकार समूह’ सँग छलफल गर्ने तय भएको नेकपा एमाले सांसद योगेश भट्टराईले जानकारी दिएका छन्।

    सांसद भट्टराईले सामाजिक सञ्जालमार्फत गृहमन्त्रीसँग भेटघाटको समन्वय आफूले गरेको उल्लेख गरेका छन्। उनले भने, “आन्दोलनरत पक्षले गृहमन्त्रीसँग आफ्ना कुरा राख्न चाहेका थिए, त्यसअनुसार समन्वय गरी भेटघाटको समय तय गरिएको छ।”

    यसअघि, सरकार र आन्दोलनरत पक्षबीच आजका लागि तय भएको वार्ता निष्कर्षविहीन बनेको थियो। आन्दोलनरत पक्षले मन्त्रीस्तरीय वा उच्च राजनीतिक संयन्त्रसँग मात्र वार्ता गर्ने अडान राख्दै वार्ताबाट बाहिरिएका थिए।

    यदि सरकारले भोलि साँझसम्म मन्त्रीस्तरीय वा उच्च राजनीतिक वार्ता टोली गठन नगरेमा आन्दोलनरत पक्षले नयाँ चरणको आन्दोलनको घोषणा गर्ने तयारी गरेको छ। यसअघि, माघ २५ गते दुई पक्षबीच ६ बुँदे सहमति भए पनि समाधान निकाल्न थप वार्ताको आवश्यकता देखिएको छ।

    याे पनि हेर्नुहाेस्ः मन्त्रीस्तरीय टोली नआएपछि नो केबलकार समूहले सरकारी वार्ता टाेलीसंग वार्ता बस्न अस्वीकार 

    प्रतिक्रिया दिनुहोस्
    images
    images